नियम ३९
फैसला गर्ने कार्यविधि
(१) मुद्दामा प्रमाण बुझि सकेपछि सैनिक अदालत वा सैनिक विशेष अदालतले मुद्दामाथि छलफल गर्नको लागि तोकिएको दिन हाजिर भएका पक्षलाई राखी छलफल गरी ठहर गर्नु पर्ने विषय उपर ठहर गरी सो ठहरको राय सोही दिन राय
किताबमा लेखी अध्यक्ष र सदस्यले सहिछाप गर्नु पर्नेछ ।
(२) यस नियम बमोजिमको फैसलामा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) मुद्दाको संक्षिप्त व्यहोरा,
(ख) मुद्दामा मुख नमिलेको कुरा र ठहर गर्ने पर्ने कुरा,
(ग) प्रतिवादीको जिकिर तथा प्रतिरक्षाको विवरण,
(घ) पक्षले पेश गरेको प्रमाण,
(ङ) अदालतको क्षेत्राधिकार सम्बन्धी प्रश्न,
(च) निर्णयका आधार र कारण,
(छ) दाबी पुष्टी हुने भएकोमा प्रतिवादीलाई हुने सजाय,
(ज) पुनरावेदन लाग्ने वा नलाग्ने र पुनरावेदन लाग्ने भए पुनरावेदन
गर्नु पर्ने अदालत,
(झ) अन्य आवश्यक कुराहरू ।
(३) फैसलाको ढाँचा अनुसूची–९ बमोजिम हुनेछ ।